देश

    युवा लक्षित सीप तथा उद्यमशीलता, मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | मध्यान्ह ०१:०७ बजे

      कपिलवस्तु, ३० कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्षित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् ।

      क्षेत्रमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(२) का उम्मेदवार बेगले सीप तथा उद्यमशीलता विकास गर्ने तथा कृषिमा आधुनिकीकरण गर्दै किसानलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू आफू जीतेपछि प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

      रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापनादेखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत मिर्जा राशिदले बताए ।

      घरदैलो अभियान अन्तर्गत क्षेत्रका मतदातालाई कोदालो बोकेको किसान छापमा मतदान गरि क्षेत्रको विकास तथा किसानको भबिष्य राम्रो बनाउन उनले अपिल गरे ।

        कमेन्टहरु