देश

    भक्तपुरमा आगलागी हुँदा २५ वर्षीया युवतीको जलेर मृत्यु

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

      काठमाडौं, कात्तिक ३० । भक्तपुरमा आगलागीमा परी एक जनाको ज्यान गएको छ । 

      बुधबार बिहान करिब पौने ८ बजेतिर मध्यपुरठिमी नगरपालिका – ६ राईटोलको माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी हुँदा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको जलेर मृत्यु भएको हो ।

      जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार उनी पौने ९ बजे मृत भेटिएकी हुन् । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन् । यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको घाइते भएकी थिइन् ।

      उनलाई उद्धार गरी कोरियन अस्पताल लगिएको र उनको अहिले डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय र भक्तपुरको दुई वटा दमकलको सहायताले पौने ९ बजे आगो नियन्त्रणमा आएको हो । 

      घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

        कमेन्टहरु