युवाको जनसमर्थन मसँग छ : नेता शाह


कपिलवस्तु, कार्तिक ३० । कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे बताएका छन् । कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेकाे निवर्तमान सांसद शाहकाे भनाई छ ।
क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । यसैगरी प्रतिनिधि सभा ३ का उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन् । नेता शाहको नेतृत्वमा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ ।
नेपाली कांग्रेस निकट नेता शाहलाई प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लाेकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेकाे छ । नेता शाहलाई क्षेत्रका जनताले तीन पटक विजयी गराईसकेको तथा आफूलाई पुनः जनताले विजयी बनाउनेमा उनी विश्वस्त छन् । आफूले क्षेत्रका युवाहरूको शिक्षा तथा युवा राेजगार सृजनामा विशेष ध्यान दिँदै स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान दिने बताए ।
शाह युवाप्रतिको समर्पण र सहकार्यले निकै नै लोकप्रिय एवं सफल उम्मेदवार बन्दै गएकाे चर्चा बढ्दै गएकाे छ ।





