समाचार

    गुल्मीमा ७४ वर्षीया वृद्वाको आफ्नै घरमा रहस्यमय मृत्यु

    नवलपुर टुडे
    २०७९ कार्तिक २९ | मध्यान्ह ०६:०७ बजे

      इन्द्रजित नेपाली
      गुल्मी, कात्तिक २९ । गुल्मीको इस्मा गाउँपालिका – ५ का जिवाकला थापा आफ्नै घरमा मृत फेला परेका छन् ।

      जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव खरेलका अनुसार उनको मृत्यु रहस्यमय बनेको छ । बाहिरबाट ढोकाको ताल्चा लगाइएको र उनको कान र नाकमा कुनै गहना नभएको तेहाको स्थानीयले बताएका छन् ।

      थापाको २/३ दिन पहिल्यै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

        कमेन्टहरु