देश

    ललितपुर १ मा स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरे अनशनमा

    नवलपुर टुडे
    २०७९ कार्तिक २९ | मध्यान्ह ०२:०७ बजे

      काठमाडौ, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सचिन घिमिरे अनशन बसेका छन् ।

      जिल्लाको दक्षिणी भेगका समस्याको समाधानको माग राख्दै गोदावरीको टाखेलमा घिमिरेले मंगलबारदेखि अनशन सुरु गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरेले सात बुँदे माग राखेका छन् ।

      उनले निवर्तमान सांसदले आफ्नो कार्यकालमा गरेको आयव्याय र विकास निर्माण खर्च विवरण सार्वजनिक गर्नुपर्ने, गोदावरी क्षेत्रमा बाँदर व्यवस्थापन गर्नुपर्ने, दक्षिण ललितपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने, गोदावरी नगरपालिकाले किशोरीहरूलाई आइरन चक्की बाँड्न नहुने, माल्टाका दुई रोगीको उपचार सहज बनाउनुपर्नेलगायत माग राखेका छन् ।

      घिमिरेले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन् ।

        कमेन्टहरु