देश

    चुनावी आमसभालाई सम्बोधन गर्न भोलि देउवा र प्रचण्ड बर्दघाट आउँदै

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

      नवलपरासी, कात्तिक २८ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बर्दघाटको चौपता आउने भएका छन् ।

      नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी विशाल आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड बर्दघाट आउने भएका हुन् । विशाल आमसभा चौपताको खेल मैदानमा आयोजना हुने काँग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यले जानकारी दिए । यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका चर्चित नेता विनोद चौधरी र प्रदेशसभामा बिश्वप्रेम पाठक उम्मेदवार छन् ।

      दुई दिनअघि मात्रै माओवादी केन्द्रले यस क्षेत्रबाट नेपाली काँग्रेसका नेता विनोद चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको पृष्ठभुमिमा गठबन्धनले विशाल आमसभा आयोजना गरेर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधनका लागि आमन्त्रण गरेको हो । उनीहरुको आगमनले गठबन्धन थप बलियो हुने बिश्वास लिइएको छ । आमसभा भोलि बिहान ९ बजे शुरु हुनेछ ।

        कमेन्टहरु