देश

    मधेस बेचुवालाई मत नदिने भन्दै स्वतन्त्रको पक्षमा उभिए मतदाता

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

      पर्सा, २८ कात्तिक । मधेस आन्दोलनको नाममा निर्वाचित हुने मधेसी दलका उम्मेदवारलाई मत नदिने भन्दै स्वतन्त्रको पक्षमा मतदाताहरु उभिन थालेका छन । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा मधेस आन्दोलनका कारण निर्वाचित भएका उम्मेदवारहरु मधेस नै बेचेको आरोप लगाउदै मतदाताहरु स्वतन्त्रको पक्षमा उभिन थालेका हुन ।

      मधेस आन्दोलनमा सबै भन्दा ठुलो योगदान रहेको पर्साको निर्वाचन क्षेत्र नम्बर १ का जनताले यसअघि मधेस आन्दोलनमा गोली चलाउन लगाउने केपि सरकारकै झोलीमा मधेसी पार्टी गएको आरोप लगाउदै यसपालिको निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिने मतदाताहरु बताउँछन । मतदाताहरुका अनुसार मधेसको मसिहा भन्न रुचाउने निर्वाचन क्षेत्र नम्बर १ का जसपा उम्मेदवार प्रदिप यादवले मधेस आन्दोलनकै नाममा सांसदमा पुग्न सफल भएको बताए । मन्त्री पद नपाउदा बन्द हडताल गरी मन्त्री पदसम्म पाएको उनले बताए । मधेस आन्दोलनमा मधेसी जनता माथि गोली चलाउन लगाउने केपि शर्मा ओलीकै झोलामा मधेसी पार्टी गएकोले यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने मतदाताहरु बताउँछन ।

      मधेस आन्दोलनको समयमा एक दुई वटा आप झरे केही फरक नपर्ने केपि शर्मा ओेलीले दिएको अभिव्यक्ति हालसम्म मधेसी जनता नबिर्सेको समेत मतदाताहरु बताउँछन । तर मधेस आन्दोलनबाट कुर्सीसम्म पुगेका मधेसी दलका नेता केपि शर्मा ओली भन्दापनि घातक रहेको मतदाताहरुले संज्ञा दिएका छन । केपि शर्मा ओलीको आदेशले मधेसीको छाति र टाउकोमा गोली चलाइएको थियो तर मधेसी दलका नेताका कारण हालको समयमा मधेसीको पिठ्युमा गोली चलाइएको संज्ञा दिदै यसपालिको निर्वाचनमा मतदाताहरु स्वतन्त्र उम्मेदवार रोज्ने दावी गरेका छन ।

      एमाले जसपा गठबन्धनका कारण मधेसी जनताको शिर उठ्न नसकेको एक अर्का निर्वाचन क्षेत्र नम्बर १ का मतदाता बताउँछन । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले जसपाको गठबन्धन हुन नसकेको तर पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन हुनुको मुख्य कारण कुर्सीकै लागि भएको उनले प्रष्ट्याए । एमाले जसपाको गठबन्धन नभएको भए पुनः दोश्रो पटक पनि निर्वाचित गराउथ्यौ तर यसपालि ओलीको बोेलि बनेर निर्वाचनमा होमिएका प्रदिप यादवलाई मतदाताले कुनै सर्तमा स्विकार गरिन नसक्ने उनले बताए ।

      यता एक जना एमाले कार्यकर्ताका अनुसार एकातिर शुद्ध गठबन्धनको नारा लगाउने तर मत माग्ने बेला अरु पार्टीको मत माग्ने गरेको हुनाले ठगबन्धनलाई मत नदिन यसपालि मन्साय बनाइसकेको बताए । आफ्नो नाम गोप्य राख्ने सर्तमा उहाले साचिक्कै यो गठबन्धन होइन, ठगबन्धन हो भन्दै दुखेसो पोखे । एकातिर शुद्ध गठबन्धनको नारा लगाउने र अर्कातिर बागि उम्मेदवार खडा गरी एमाले उम्मेदवार बिरुद्ध उम्मेदवारी दिन लगाएकोले शुद्ध गठबन्धनको नाममा ठगबन्धन रहेको उनले जिकिर गरे ।

        कमेन्टहरु