देश

    डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

      काठमाडौँ, कात्तिक २८ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।

      सोमबार न्यायाधीशद्वय ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

      निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।

      उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।

        कमेन्टहरु