क्षेत्रका मतदाताले देखाउनु भएकाे साथले उत्साहित छु : प्रदेश सभा उमेदवार मिर्जा राशिद


कपिलवस्तु, २८ कार्तिक । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्यका उम्मेदवार मिर्जा राशिद बेगले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले कोणसभा, आमसभा, घरदैलो लगायतका कार्यक्रमलाई तिव्रता दिएका हुन् ।
सोही क्रममा मिर्जा राशिद सो क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका छन् । कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बेगले आफुलाई मतदान गर्न आग्रह गरेका छन् । जनता प्रगतिशील पार्टीका प्रदेश सभा सदस्य पदका
उम्मेदवार बेगले आफुले जिते यस क्षेत्रको कायापलट गर्ने दावी गरेका छन् ।
आफ्नो क्षेत्रमा जनतासँग भेट्दा कोदालो बोकेको किसानमा मतदान गर्न जनता उत्साहित रहेको बताएका छन् । यस क्षेत्रमा अँझै पनि आवश्यक पूर्वाधारको अभाव रहेको गुनासो गर्दै स्थानीयले ति समस्याहरुको सम्बोधनका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए ।
स्थानीयको गुनासो तथा समस्याहरु सुन्दै मिर्जा राशिद आफुले सबै समस्याको सम्बोधन गरेर विकासको लहर ल्याउने दृढता व्यक्त गरेका छन् । उनी चुनाव प्रचारप्रसारमा पार्टी समर्थकसँगै क्षेत्रका जनताले साथ दिइ रहेकाले आफूले जीते जनताको जीत हुने बताए ।





