देश

    अबको २० वर्षसम्म पनि यही गठबन्धन रहन्छ : प्रचण्ड

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

      गोरखा, कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्ष सम्म पनि यही गठबन्धन रहने बताएका छन् ।

      सोमबार लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएको बताउदै यो गठबन्धन चुनावसम्म मात्रै नभइ संविधान, लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म रहिरहने बताए । 

      उनले ओली बाध्य भएरमात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै सत्तामा आएपछि लोकतन्त्र र संविधान च्यातिएको बताए । ओलीसँग मिलेर ज्ञान प्राप्त गरेको बताउँदै दाहालले अब फेरि मिल्न नजाने प्रष्ट पारे ।

        कमेन्टहरु