देश

    डा.तोसिमा कार्कीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौं, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

      मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । 

      त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । कार्कीको उम्मेदवारी कायम राख्ने कि खारेज गर्ने फैसला आजै आउने बताइएको छ ।

        कमेन्टहरु