देश

    कांग्रेसले गर्‍यो थप ५ बागी उम्मेदवार र सहयोगीलाई कारबाही

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले थप पाँच जना नेताहरुमाथी कारबाही गरेको छ ।

      आउँदो मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका र तिनका प्रस्तावक वा समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो । कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका र तिनका समर्थक वा प्रस्तावकलाई साधारण सदस्यसमेत नरहने गरि ५ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

      अनुशासन समितिले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई पार्टीबाट हटाइएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

      कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइरालासहित नेताहरूलाई निष्कासन गरेको थियो ।

      photo 2022 11 14 13 21 31

        कमेन्टहरु