राजनीति

    ओली नेतृत्वको सरकार देशको हितमा छ : कमल थापा

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | बिहान १०:०७ बजे

      काठमाडौं, कात्तिक २८ । राप्रपा नेपालका अध्यक्ष एवम् मकवानपुर – १ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।

      सोमबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका हुन् । ओलीले भारतको नाकाबन्दीविरुद्ध डटेर लडेको, चुच्चे नक्सा बनाएको भन्दै उनले प्रशंसा गरेका छन् ।

      कमल थापा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन् । उनी सुर्य चिन्हबाटै चुनाव लड्ने भएका छन् ।

        कमेन्टहरु