देश

    जति रकम बाँडेपनि यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नै मतदान गर्ने मतदाताको अडान

    नवलपुर टुडे
    २०७९ कार्तिक २७ | मध्यान्ह ०३:०७ बजे
    फोटो/युथ औफ वीरगंज

      पर्सा, २७ कात्तिक । मधेस आन्दोलनमा सहादतसँग मात्र नभई मधेसको प्रत्येक जनताको मर्मसँग खेलवाड गरेको मधेसी दलका पार्टीलाई यसपालिको निर्वाचनमा मतदान नगर्ने मतदाताहरुले अडान लिएका छन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले आफ्नो कुर्सी र सत्ताको लागि मधेस आन्दोलन गराई सहादत भएका परिवारसँगै प्रत्येक मधेसी जनताको मर्मसँग खेलवाड गरेको मधेसी दललाई यसपालिको निर्वाचनमा मतदान नगर्न अडान लिएका हुन ।

      आफ्नो कुर्सी र सत्ताको लागि सोझा साझा मधेसी जनतालाई विभिन्न मागको बाहाना गर्दै गरिएको मधेस आन्दोलनका कारण मधेसी दलका नेताहरु निर्वाचित त भए तर मधेसी जनताको लागि केही गर्न नसकेको आरोप क्षेत्र नम्बर १ का मतदाताहरु लगाउन थालेका छन । मधेसी जनताकै मतबाट निर्वाचित भएका नेताहरु, त्यही जनतालाई राणाशाही कालकै शाषण गर्न खोजिएको युवाहरु आरोप लगाउन थालेका छन । मधेसी जनतामाथि पटक पटक अन्याय गर्दै आएको मधेसी दलले निर्वाचनको समयमा जवाफ फर्काउन नसकेको समेत मतदाताहरु बताउछन ।

      प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा मधेसी दलका नेताहरु पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन । तर घरदैलो गर्दा गर्दै मधेसी नेतासँग मतदाताहरुले गरेको प्रश्नको जवाफै नदिई बिच सडकबाटै भाग्ने कार्य गरिरहेको मतदाताहरु बताउछन । एक जना मतदाताका अनुसार सडक निर्माण, नाला निर्माण, पोखरी निर्माणहरुमा आफ्नै आसेपासेलाई ठेक्का दिएर कमिसनको भरमा काम गर्दै आएको मधेसी दललाई यसपालि बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारलाई जिताउन मधेसी जनता लागि परेको बताए ।

      भ्रष्टाचार नै भ्रष्टाचार लागेका मधेसी नेताहरुलाई यसपालिको निर्वाचनमा मतदाताहरु निर्वाचित नगराउन अडान लिएपछि मधेसका मसिहाहरु रकमको बिठो लिएर घुमिरहेको तारानाथ शर्माले जानकारी दिए । उनले आफुलाई मधेसको मसिहा बताउने प्रदिप यादव खासमा हेर्ने हो भने मधेसी जनताको लागि होइन यसपालि पनि निर्वाचित भए आफ्नै कुर्सी र सत्ताका साथसाथै आम्दानी बढाउनेमा दुईमत नै नरहेको बताए । भ्रष्टाचार गरेका छैन भने कसरी निर्वाचनको समयमा पैसा बाड्दै हिडिरहेका छन ? भन्दै प्रश्नसमेत गरेका थिए ।

      प्रत्येक वडा वडामा अगुवाहरुलाई रकम जिम्मा लगाई मतदाताहरुलाई रकम बाड्ने काम भएको शर्माले जानकारी दिए । मतदातामा जति रकम बाडेपनि यसपालिको निर्वाचनमा जनता स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा रहेको उनले बताए । यसपालिको निर्वाचनमा निगरानीमा खटिने प्रहरी प्रशासन समेत सत्तामा बसेका नेताहरुसँग सहकार्य गर्दै स्वतन्त्र उम्मेदवारलाई हराउने प्रयास गरेको समेत उनले दावी गरे ।

        कमेन्टहरु