मुख्य समाचार

    उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

    नवलपुर टुडे
    २०७९ कार्तिक २४ | मध्यान्ह ०७:०७ बजे

      काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ ।

      मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले निर्णय गरेको हो ।

      आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम.एम. रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् ।

      यस्तै राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने छन् ।

        कमेन्टहरु