देश

    स्वतन्त्र उम्मेदवार विजय अग्रहरीले गरे सम्पर्क कार्यालयको स्थापना

    नवलपुर टुडे
    २०७९ कार्तिक २३ | मध्यान्ह ०९:०७ बजे

      नवलपरासी, २३ कार्तिक । आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार विजय अग्रहरीले आज परासीमा सम्पर्क कार्यालयको स्थापना गरेका छन् ।

      माछा चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रिएका नेता अग्रहरीले आज एक कार्यक्रम बिच आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका हुन् । सम्पर्क कार्यालयको उद्दघाटन गर्दै नेता विजय अग्रहरिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा आफूलाई जनताले भारी मत दिई विजयी गराउने विश्वाश व्यक्त गरे ।

      यस क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, रोजगार, कृषी तथा अन्य धेरै क्षेत्रमा तुलनात्मक रूपमा बिकास हुन सकेकोले आफूले यसको गति बढाउन उम्मेदवारी दिएको बताएका छन् । नेता अग्रहरी लोसपा नेपाल नवलपरासीका वरिष्ठ नेता समेत हुन् ।

      पार्टीले विचार सिद्धान्त नमिल्नेसँग गठबन्धन गरेकोले आफूले आफ्नो स्वतन्त्र उम्मेदवारी दिइएको उनले बताए ।

      photo 2022 11 09 21 44 18

        कमेन्टहरु