मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा
टोप कामु मगर
२०७९ कार्तिक २३ | मध्यान्ह ०४:०७ बजे

मोरङ, कात्तिक २३ । मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।
मोरङ ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।






