देश

    सेल पकाईरहेको तातो तेल अनुहारमा प्रहार गर्दा दुईजना घाइते

    नवलपुर टुडे
    २०७९ कार्तिक २३ | बिहान ११:०७ बजे

      हेटौँडा, कात्तिक २३ । मकवानपुरको हेटौंडामा एक व्यक्तिले तातो तेल अनुहारमा छ्याप्दा दुईजना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका – १३ बनस्पतिस्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा आगो तापिरहेको समयमा सेल पकाइरहेको तातो तेलले अनुहारमा छ्याप्दा दुईजना स्थानीय घाइते भएका हुन् ।

      हेटौंडा १९ बस्तिपुरका २८ बर्षीय मोहन दोङले तेल छ्याप्दा स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । मदिरा सेवनपछि बिबाद हुँदा दोङले सेल पकाउने तातो तेल अनुहारमा प्रहार गरेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

      भोलेन र सागरको अनुहार र आँखा जलेर घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । तेल प्रहार गर्ने दोङलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ ।

        कमेन्टहरु