समाचार

    डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ कार्तिक २३ | बिहान ०५:०७ बजे

      बुटवल, कात्तिक २३ । डोटी केन्द्रविन्दु भएर बुधबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । राति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि डोटी केन्द्रविन्दु भएर ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प गएको थियो । राती त्योभन्दा ठूलो गएको हो । भूकम्पले डोटीमा घरहरुसमेत भत्किएको छ ।

      पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

      भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशसम्मको जिल्लामा महसुस गरिएको छ । के कति क्षति भयो भन्ने अन्य विवरण भने प्राप्त भइसकेको छैन  ।

        कमेन्टहरु