भोट माग्न स्थानीयको घरदैलो पुगेका विरोध खतिवडामाथी हातपात

नवलपुर टुडे
२०७९ कार्तिक २२ | मध्यान्ह ०४:०७ बजे

हेटौँडा, कात्तिक २२ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।
भोट माग्न स्थानीयको घरदैलोमा पुगेका खतिवडालाई पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका स्थानीय पुरुषोत्तम खड्काले दुई झापड हानेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।





