देश

    लहान मालपोत कार्यालयमा बम विस्फोट, घटना स्थलमा गोइत समुहको पर्चा भेटयो

    जगत ठाडा मगर
    २०७७ चैत्र १ | मध्यान्ह ०५:१२ बजे

      महेश सिंह

      चैत १ लहान : सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

      photo 2021 03 14 17 27 46

      विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

      photo 2021 03 14 17 27 48

      आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

      photo 2021 03 14 17 27 50

        कमेन्टहरु