पश्चिम नवलपरासी प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्दै


नवलपरासी, कार्तिक २१ । पश्चिम नवलपरासी प्रहरीले धमाधम फरार प्रतिबादीहरु पक्राउ गर्दैछन । पछिल्लो समयमा नवलपरासी प्रहरीले फरार प्रतिबादी पक्राउ गर्न सक्रियता देखाएको छ ।
सोमवार पश्चिम नवलपरासी प्रहरी कार्यालय मातहतका प्रहरी चौकी बासाबाट खटि गएको प्रहरी टोलीले सरावल गाउँपालिकाको बिभिन्न स्थानबाट बिभिन्न कसूर अपराधमा संलग्न भई सम्मानित नवलपरासी जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना
फैसला भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका- २ का सवारी ज्यान मुद्दाका फरार प्रतिबादी ५२ बर्षका तुलसी चौधरी रहेको छ । उनलाई सम्मानित जिल्ला अदालतले ३९०/- जरिवाना तोकिएको थियो । त्यसैगरी सरावल गाउँपालिका – १ का ३७ बर्षका टीका प्रसाद चौधरी सवारी ज्यान मुद्दाका फरार प्रतिबादी रहेको छ । उनलाई सम्मानित जिल्ला अदालत नवलपरासीले १ महिना कैद र १०००/- हजार जरिवाना तोकिएको थियो ।
त्यस्तै सरावल गाउँपालिका – १ का २५ बर्षका लक्ष्मी नारायण महत्तो रहेको छ । उनी लागुऔष मुद्दाका फरार प्रतिबादी रहेको थियो । उनलाई अदालतले रु.२०००/- जरिवाना तोकिएको थियो ।
पक्राउ प्रतिबादीहरुलाई कैद र जरिवाना भुक्तानीको लागि सोमबार सम्मानित जिल्ला अदालत नवलपरासी (ब.सु.प) पठाइएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।





