बर्दघाटमा अबैध काठ बरामद

नवलपुर टुडे
२०७९ कार्तिक २१ | मध्यान्ह ०८:०७ बजे

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा अबैध काठ बरामद गरेको छ । सोमबार साझ ४ बजेको समयमा बर्दघाट नगरपालिका – ४ स्थित भित्री सडक खण्डमा अबैध रुपमा उत्तरबाट दक्षिण तर्फ साईकलमा ल्याउदै गर्दा बरामद गरेको हो ।
बरामद काठ ३.६६ क्यु फिटको ३ वटा साल जातको चिरान काठ अन्दाजी २०,१३०/- मूल्य बराबर रहेको छ । साथमा काठ ढुवानी प्रयोग गर्ने १ थान साईकल अं मु्ल्य ५,००० ।- गरी जम्मा अं मूल्य रु. २५,१३०।- रहेको छ ।
बरामद काठ र साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि सब-बन डिभिजन कार्यालय बर्दघाट पठाईएको बर्दघाट प्रहरीले जानकारी दिएको छ ।





