प्रतापपुरमा मोटरसाइकल दुर्घटना, दुई जना घाईते

नवलपुर टुडे
२०७९ कार्तिक २१ | मध्यान्ह ०८:०७ बजे

खुरसेद हजाम
नवलपरासी । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका – ७ स्थित गड्कनहर सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ।
उतर बाट दक्षिण तर्फ जादै गरेको युपि ५६ एल ४७३४ नम्बरको बजाज पाल्सर र पर्सा गाउँबाट गण्डक सडक खण्ड निस्कने क्रममा युपि ५७ एम ३०३६ नम्बरको हिरो होण्डाको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटना हुदा २ जना घाइते भएका छ्न । घाईतेहरुको उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता पठाइएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
दुर्घटनामा घाईते हुने सुस्ता- ५ महलबारी बस्ने १८ वर्ष का दुरबिजय काहारको टाउको र हातमा चोट लगेको छ भने प्रतापपुर – ६ गूठीप्रसौनी बस्ने ४५ वर्षका भिमरासन कमकरलाइ सामान्य चोट लागेको छ ।





