त्रिशूली नदीमा रुकुम जाँदै गरेको बस खस्यो, दर्जन बढी घाईते

नवलपुर टुडे
२०७९ कार्तिक १९ | मध्यान्ह ०८:०७ बजे

धादिङ, कार्तिक १९ । एउटा यात्रुवाहक बस शनिबार साँझ त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट रुकुमकोटतर्फ जाँदै गरेको बा ४ ख ५७९० न.को यात्रुबाहक बस सडकबाट अन्दाजी २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार साँझ ६ बजेर १५ मिनेट जाँदा धादिङको बेनिघाट रोराङ गा.पा.वडा न. १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा सवार चालकसहित १५/१६ जना मानिस घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि स्थानीय मेडिकल पठाएको छ । उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।





