गुल्मीमा कोभिडका कारण बन्द रहेको हाट बजार सन्चालन

नवलपुर टुडे
२०७९ कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे

इन्द्रजित नेपाली
गुल्मी, कार्तिक १९ । गुल्मीको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालीका – ९ मा एक करोड ३३ लाख ५० हजार रुपैयाँ खर्चिए बनाएको हाट बजार सन्चालन भएको छ ।
बन्द हाट बजार कोभिडको कारणले लामो समयदेखि गाडी पार्किङको रुपमा प्रयोग गरिएको थियो । पछिल्लो कोभिडको समयदेखी बन्द रहेको हाट बजार शनिबार (आज) देखि सञ्चालनमा आएको छ ।
आज रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीद्वारा पुन: सन्चालनमा ल्याएको छ । लामो समय देखि हाटबजार बन्द रहदा नगरपालिकाका र आसपासका स्थानीय तहका कृषकले तरकारीहरु बारीमा नै कुहाएर फाल्न बाध्य थिए ।
रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले हाटबजार सञ्चालन भए संगै कृषकहरुलाई निर्धक्क भएर कृषि जन्य उत्पादन गर्न आग्रहसमेत गर्नुभयो । उहाँले अब निजि क्षेत्र संग समन्वय गरेका कारण अब बन्द नहुने नगर प्रमुख पन्थीले बताउनु भयो ।





