समाचार

    सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न पहल: विनोद चौधरी

    नवलपुर टुडे
    २०७९ कार्तिक १८ | मध्यान्ह ०२:०७ बजे

      नवलपरासी, कार्तिक १८ । राष्ट्रिय समस्याको रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितीक पहल अगाडी बढाउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता र प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहलद्धारा समस्या समाधान पहल अगाडी बढाउनुभएको हो।

      नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाउनुभएको छ । बाढिका कारण करिब १० हजार परिवार पिडित छन् ।

      अझ यस क्षेत्रमा बर्षेनी समस्याको रुपमा देखिएको वाढी तथा ढुबानको समस्यालाई समाधान गर्न दिर्घकालीन सिचाई योजना अगाडी बढाउनुपर्ने एजेण्डा अघि बढाएपछि आममतदाता चौधरी प्रति आशावादी बनेको देखिन्छ । यस वारेमासमेत चौधरीले भारतस्थित जलस्रोत सम्वन्धि निकाय संग परामर्श गरी नारायाणी नदीबाट बर्षोहुदै आएको डुवान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाउनुभएको छ ।

      भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तिगत र सरकारी स्तरमासमेत पहल कमदी अघि बढाउनुभएको हो । यतिबेला राष्ट्रिय राजनितिमा चुनावी क्षेत्र मध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्रमा न. १ समेत निकै चर्चामा छ ।

      नेपाली कांग्रेसका नेता एवंम् नेपालका एक मात्र अर्वपति बरिष्ठ उद्योगपति विनोद चौधरी चुनावी प्रतिष्पर्धामा रहेका कारण नेपाल भित्र मात्र होईन नेपाल वाहिरसमेत चुनावी रौनक छाएको हो । बिशेष गरी त्रिबेणी छोटी भन्सार कार्यालयबाट दिईने सेवा विस्तार, राष्ट्रिय गौरभको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढसडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थाल्नुभएको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।

      यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने वैकीक लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थालिसक्नुभएको हो । यसैगरी चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तिलाई स्वारोगार तर्फ उन्मुख गराउन भरखरै मात्र आफ्नो र आफ्नो परिवारको लगानी भएको सिजी पोलिटेक्नीकको कार्यालय स्थापना भएपछि पनि यस क्षेत्रमा युवाजनसमुदायको चौधरीले मनजित्न सफल हुनुभएको देखिन्छ ।

      विनोद चौधरी एक सफल उद्योगपति भएकोले उहाँ बोलेको सोचेको हरेक कार्य सफलता पूर्वक सम्पन्न गर्ने हुँदा यस क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट लाग्ने स्थानीय मतदातामा आशा पलाएको मान्न सकिन्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ का मतदाताका घर घरमा फरक शैलीमा चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक क्षेत्रको समस्या बुझ्न मतदाताका घर घरमा उम्मेदवार चौधरी पुग्न थाल्नुभएको हो ।

      मतदातालाई रिझाउन उहाँ केहिले मोटरसाइकलमा चढेर कहिले पैदय यात्रा, कहिले गाउँले ट्याक्टरमा बसेर जनताको प्रत्यक्ष सेवकको रुपमा मतदाता भेटघाटमा व्यक्त हुनुहुन्छ । कहिले किसानको घर आगनमा पुगेर किसानको चौतर्फी बारेमा जिज्ञासा राख्ने, कहिले किसानको खेतमै पुग्ने त कहिले स्थानीयसँग बसेर कागजको प्लेटमा भात खाँदै आफु सरल स्वभावको उम्मेदवार भएको भन्दै प्रचार प्रसारमा व्यक्त हुनुभएको हो ।

      अझ बिशेष गरी चुनावी प्रचार प्रसारकै क्रममा नवलपरासी रहदा विभिन्न समस्या समाधान गर्न चौधरीले देखाएको पहल कदमप्रति आम मतदाताले चासोका साथ हेरेका छन् । नवलपरासीमा प्रचार प्रसारकै केही दिनमा नै आउनुभएका चौधरीले तत्कालै गर्न सकिने विभिन्न समस्याहरु समाधान गर्न पहल थाल्नुभएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरालाई तत्काल कार्यान्यन गर्न चौधरीले देखाएको चासोप्रति आम मतदाताको ध्यान केन्द्रिय भएको पाईन्छ । चौधरीले यस वाहेक नवलपरासी क्षेत्रमा देखिएको केरा उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधान गर्न भरखरै मात्र केरा जन्य उत्पादनका लागी उद्योग स्थापनाको काम सुरु गरिसक्नुभएको छ ।

      चौधरीले मतदाता सामु वोलेका कुरालाई दिर्घकालीन रुपमा व्यवस्थापन गर्न लागेका छोटो समयमा मतदाताले देख्न पाएपछि आम मतदातामा चौधरीको लोकप्रियता झन बढ्दे गएको पाईन्छ । अझ बिशेष गरी यस क्षेत्रमा लामो समय देखी देखिएको उखु किसानको भुक्तानीको समस्या समाधान गर्न उद्योगी व्यासायी मार्फत पहलकदमी शुरु गरिसक्नुभएको छ ।

      अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उहाँको भनाई छ । ‘उहाँले भन्नुभयो विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीतिमा आएको हुँ । एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उहाँको तर्क छ । ‘एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उहाँले भन्नुभयो ।

        कमेन्टहरु