अबैध ढुङ्गा लोड गरिएको टिप्पर प्रहरीद्वारा नियन्त्रण

नवलपुर टुडे
२०७९ कार्तिक १८ | मध्यान्ह ०१:०७ बजे

परासी, कार्तिक १८ । पश्चिम नवलपरासीमा अबैध रुपमा ढुङ्गा लोड गरेको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार ढुङ्गा अबैध रुपमा उत्खनन गरि सामान लोड गरि ल्याउने गरेको भन्ने बिशेष सूचनाको आधारमा साझ अन्दाजी १६:४५ बजेको समयमा सुनवल नगरपालिका – ४ तुरियामा इलाका प्रहरी कार्यालय सुनवल र शसस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अबैध रुपमा उत्खनन गरि ढुङ्गा लोड लिई पश्चिमवाट पुर्व तर्फ जादै गरेको अवस्थामा लु २ ख ५५६७ र लु २ ख ३७९८ नम्वरको हाइवा टिप्परलाई फेला पारि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।
नियन्त्रणमा लिएको सो ट्याक्टर आवश्यक कार्बाहीको लागि शुक्रबार सुनवल नगरपालिकामा पठाई थप अनुसन्धान भैरहेको बताउनु भयो ।





