कपिलवस्तु क्षेत्र ३ को विकासका लागी मिश्रालाई भोट


धर्मेन्द्र कुमार कुर्मी
विजयनगर, कार्तिक १८ । निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ चुनावी अभियान संगै ईश्वर दयाल मिश्रा जनता प्रगतिशील पार्टी कार्यकालका लागी उम्मेदवार बनेका मिश्राले क्षेत्रको विकास गर्न सक्ने भन्दै उनको पक्षमा जन लहर बढेको छ । अन्य क्षेत्रका भन्दाले आफ्नो क्षेत्रको चौतर्फि विकासका लागी गरेका प्रयासहरु प्रशंसनिय रहेकोले पनि आम नागरिकले मिश्रालाई मन पराएका छन ।
सरल स्वभाव, सबैका समस्या, सल्लाह सुन्ने,क्षेत्रको विकास लागी जे सुकै गर्न पनि तम्तयार रहने, मिश्राले क्षेत्रको विकास र जनताको आर्थिक प्रगतिका लागी प्रदेश देखि केन्द्र सम्म नै जोडबल लगाएका थिए । स्मार्ट कृषि गाउँ, उत्पादन मूखी कार्यक्रम, सिचाइका लागी डिप बोरिङ्ग, दुर्गम बस्तीलाई सडक र बजार संग जोड्न पुल, गुणस्तरिय शिक्षाका लागी स्मार्ट विद्यालय, सुलभ स्वास्थ्यका लागी एम्बुलेन्स लगायत प्रत्यक्ष जनताले अनुभूति हुने गरी काम गरेको हुनाले पनि क्षेत्रको विकास र समृद्धिका लागी पुन मिश्रानै आउनु पर्ने स्थानियहरुको बुझाइ छ ।
शिक्षा, सडक, विजुली, खाने पानी, सिचाई, स्वास्थ्य, लगायतका क्षेत्रमा पनि मिश्राले उल्लेख्य काम गरेका छन । अन्य उम्मेदावरले आफ्नो एजेण्डा जनतामा माझ लग्दै गर्दा मिश्राले आफुले कामहरु पुरा गर्न पुन आफुलाई मतदान गर्न भन्दै घर दैलो अभियान रहेका छन । मठ मन्दिर, मस्जिद धार्मिक तिर्थाटन र पर्यटिकय क्षेत्रको विकास लागी पनि सक्रिय रहेका ईश्वर दयाल मिश्रा गत निर्वाचनमा जनताले दिएको मतको कदर गरेकै कारण पनि यस पटक पनि जनताले आफुलाई चुनेर पठाउनेमा विश्वस्त छन ।





