मुख्य समाचार

    प्रधानमन्त्री देउवा गृहजिल्लामा, आज २ चुनावी सभामा सहभागी हुने

    नवलपुर टुडे
    २०७९ कार्तिक १८ | बिहान ०८:०७ बजे
    फाइल तस्बिर

      काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्।

      निर्वाचन आयोगले तोकेअनुसार बिहीबार (साउन १७ गते) देखि चुनाव प्रचार सुरु गरेका हुन् । देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढी (बसपार्क) मा आयोजित चुनावी सभालाई सम्बोधन गरे।

      नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराका अनुसार शुक्रबार देउवा २ वटा चुनावी सभामा सहभागी हुनेछन्।
      शुक्रबार देउवा नवदुर्गा गाउँपालिकाको बेलापुर र गृहपालिका गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन्।  

      देउवा कात्तिक २० गते (आइतबार) सम्म गृहजिल्लाका चुनावी सभामा सहभागी हुने जनाइएको छ । शनिबार देउवा भागेश्वर गाउँपालिका र अजयमेयर गाउँपालिकाका चुनावी सभामा सहभागी हुनेछन्। यस्तै, आइतबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुनेछन्। 

        कमेन्टहरु