जनमत पार्टी कपिलवस्तुका सचिव जितेन्द्र चाैधरीद्वारा पार्टी परित्याग

नवलपुर टुडे
२०७९ कार्तिक १७ | मध्यान्ह ०७:०७ बजे

कपिलवस्तु, कार्तिक १७ । जनमत पार्टीका संस्थापक सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सचिव जितेन्द्र चाैधरीले पार्टी परित्याग गर्नुभएको छ ।
स्वतन्त्र मधेश गठबन्धन कालदेखि हाल जनमत पार्टीकाे संगठनलाई बलियो बनाउनकाे लागि धेरै सहयोग गरेको कुरा चाैधरीले बताउनु भयो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घाेषणा सामाजिक संजालबाट गर्नुभएको छ ।





