नवलपरासीमा लाखौ मूल्य बराबरको अबैध सामानहरु बरामद


नवलपरासी, कार्तिक १७ । पश्चिम नवलपरासीमा विभिन्न अबैध सामानहरु बरामद गरिएको छ । नवलपरासीको सीमानाकाहरुमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार पाल्हिनन्दन – ५ बाट रु. १२९,६००/-(अक्षरुपी एक लाख उन्तीस हजार छ सय) बराबरको अबैध सौन्दर्य सामाग्री (कस्मेटिक आईटम) बरामद गरेको हो ।
त्यसैगरी, प्रतापपुर – ५ बाट अबैध रुपमा नदि जन्य पदार्थ(बालुवा) उत्खलन गरि लैजादै गरेको अबस्थामा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कार्बाही गरिएको छ ।
त्यस्तै सोही संयुक्त टोलीले मंगलबार रामग्राम – ५ बाट अन्दाजी १ क्विटल बराबरको जिउँदै बोइलर कुखुरा बरामद गरि नष्ट गरिएको छ । प्रतापपुर – ६ बाट कार्तिक २ गते रु.१७२,७५०/-(अक्षरुपी एक्न्लाख बहत्तर हजार सात सय बचास) बराबरको अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको मोबाइल सम्बन्धी उपकरणहरु बरामद गरि महेशपुर भन्सार कार्यालयमा बुझाएको सुचना अधिकृत सप्रनाउ केशवराज थापाले जानकारी दिएको छ ।
साथै जिल्ला प्रशासनको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त रुपमा सीमा सुरक्षा, नजिकिदै गरेको आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी सुरक्षा एवम सम्पुर्ण कार्यहरुको ब्यबस्था मिलाईएकोसमेत जानकारी दिनुभएको छ ।








