देउवाको स्वागतका लागि उनका प्रतिष्पर्धी सागर ढकाल पनि पर्खिदै

नवलपुर टुडे
२०७९ कार्तिक १७ | मध्यान्ह ०२:०७ बजे

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि गृहजिल्लामा चुनावी अभियान थालेका छन् । आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न डडेल्धुरा पुग्दैछन् ।
देउवाले १८ गते (भोलि) बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
डडेल्धुरा आउँदै गरेका देउवालाई स्वागत गर्न उनकै प्रतिष्पर्धी सागर ढकाल पनि उभिएका छन् । ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको भन्दै उनले सम्बोधन गर्ने कार्यक्रममा आफूले पनि बोल्ने अनुमति माग्ने बताए ।





