कपिलवस्तुमा बन कर्मचारी, सुरक्षा निकायको मिलेमतोमा काठ तस्कर


कपिलवस्तु, कार्तिक १७ । लुम्बिनी प्रदेशको कपिलवस्तु विजयनगर गाउँपालिका र छिमेकी मुलुक भारतको बलारामपुर नेपाल-भारत सिमानाकाबाट दैनिक काठ तस्कर हुने गरेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडा ६, ७ र कृष्णनगर नगरपालिका- १२ भारतीय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा तस्कर गरेर राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरु र फर्निचर उद्योगमा पुर्याउने गर्दछन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।
तर, सिमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले मौन रहेको पाएको छ । एक जना काष्ठ तस्करीले आफ्नो नाम नखुलाउने शर्तमा आफू लगायतका तस्करहरुले बन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकम महिनावारी बुझाउने गरेको बताए ।
यहाँ स्थित दर्जनौ काष्ठ मिल र फर्निचर उद्योगबाटसमेत महिनावारी बुझाउने गरेको उनले बताए ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका छिमेकी देश भारतसंग सिमा जोडिएको पालिका हो । यहाँ खुल्ला सिमानाका भएको कारणले यस क्षेत्रबाट दैनिक तस्कर हुने गर्छन । यहाँ दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेका छन । भारतबाट तस्करहरुले भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गर्छन । ती काठ नजिकै रहेको काष्ठ मिल र फर्निचर उद्योगमा दिने गर्छन । काष्ठ मिल र फर्निचरले अडर अनुसारको विभिन्न सामान बनाएर बेच्ने गर्छन ।





