समाचार, समाज

    नवलपुरको कावासोतीस्थित पुर्वेली तुम्वा हाउसमा प्रहरीको छापा, अबैध मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट(तस्बिर सहित)

    नवलपुर टुडे
    २०७९ कार्तिक १६ | मध्यान्ह ०७:०७ बजे

      कावासोती, १६ कार्तिक । पुर्वी नवलपरासीको कावासोतीमा अबैध रूपमा उत्पादन गरेको घरेलु मदिरा तथा घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ । नवलपुरको कावासोती नगरपालिका- २ स्थित रहेको पुर्वेली तुम्वा हाउसमा प्रहरीले छापामारी मारे को हो ।

      सो हाउसमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले छापा मार्दा प्रहरीले अवैध रुपमा उत्पादन घरेलु मदिरा १०१ लिटर मदिरा बनाउने प्रयोग गरिने १७ ड्रम कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको हो । तर, प्रहरीलाई अन्दाजी ९०० लिटर छ भन्ने गोप्य सुचना आएको नवलपुर प्रहरी कार्यालायका सुचना अधिकारी सन्तोष पाठकले जानकारी दिएको छ ।

      नवलपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उक्त मदिरा र कच्चा पदार्थ बरामद गरि आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय नवलपरासी पूर्व कावासोतीमा बुझाई दिउँसो १५;०० बजेको समयमा जिल्ला अवैध मदिरा नियन्त्रण समितिका पदाधिकारीहरुको रोहवरमा उक्त मदिरा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

      photo 2022 11 02 19 19 40photo 2022 11 02 19 19 44photo 2022 11 02 19 19 48photo 2022 11 02 19 20 09photo 2022 11 02 19 19 56

        कमेन्टहरु