सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

नवलपुर टुडे
२०७९ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

काठमाडौ । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको बताए।
उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन्।





