समाचार

    कैलालीको धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

    नवलपुर टुडे
    २०७९ कार्तिक १६ | मध्यान्ह ०४:०७ बजे

      कैलाली । धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ ।

      बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ ।

      अहिले धनगढीस्थित अस्पताल लाइन सडक छेउका संरचना हटाइँदै छ । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो ।

      सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।

        कमेन्टहरु