समाचार

    डेंगुबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

    नवलपुर टुडे
    २०७९ कार्तिक १६ | मध्यान्ह ०४:०७ बजे

      काठमाडाैं, कात्तिक १६ । डेंगु सङ्क्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको छ।

      बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । २२ वर्षीया अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन्।

      प्रेस सेन्टरका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

        कमेन्टहरु