लुम्बिनी प्रदेश

    रुपन्देही- २ का कमल भुसालको उम्मेदवारी खारेज

    नवलपुर टुडे
    २०७९ कार्तिक १६ | बिहान ०७:०७ बजे

      बुटवल । रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो ।

      यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
      तर, सर्वोच्चले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई सदर गरेको हो ।

      यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । रुपन्देही क्षेत्र नं २ मा नै यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरेको थियो ।

      photo 2022 11 02 07 15 01photo 2022 11 02 07 15 03photo 2022 11 02 07 15 05photo 2022 11 02 07 15 07 1

        कमेन्टहरु