सुस्ता डुङ्गा दुर्घटना: परिवार भेटेर चौधरीद्वारा समबेदना प्रकट

नवलपुर टुडे
२०७९ कार्तिक १५ | मध्यान्ह ०९:०७ बजे

खुरसेद हजाम
नवलपरासी । सुस्तामा सोमबार भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई भेटेर पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार बिनोद चौधरीले समबेदना प्रकट गरेका छन।
मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न दाहसंस्कार स्थल (घाट) पुगेका चौधरीले घटनाप्रति दुख व्यक्त गर्दै पिडित परिवारजनप्रति समबेदना प्रकट गरेका छन ।चौधरीले मृतकका परिवारको अवस्था बुझी दुखमा साथ दिने र आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेको नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिका सभापति रबिन्द्र जयसवालले जानकारी दिए।
सुस्तामा हिजो डुंगा दुर्घटना हुदा स्थानिय ३ जना युवाले ज्यान गुमाएका थिए भने दुई जना घाईते भएका थिए । घाईतेहरुको चौपत्ता अस्पतालमा उपचार भैईरहेको छ ।





