रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, चालक फरार

नवलपुर टुडे
२०७९ कार्तिक १४ | मध्यान्ह ०१:०७ बजे

रुपन्देही, कात्तिक १४ । रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।
भैरहवाबाट परासी तर्फ जाँदै गरेको कारले ओमसतिया ४ पननीमा सोमबार बिहान ठक्कर दिँदा एक शिशु सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृतकहरू ओमसतिया –४ का १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमीला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन् ।
घटनामा शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्करपछि फरार भएको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





