राप्रपाको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

नवलपुर टुडे
२०७९ कार्तिक १४ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।सोमबार दिउँसो थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमका बिच राप्रपा अध्यक्ष राजन्द्र लिङदेनले ‘स्मार्ट घोषणापत्र’ सार्वजनिक गरेका हुन् ।
राप्रपाले आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था लागू गर्ने उल्लेख गरेको छ । आफू बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिवद्धता गर्दै राप्रपाले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागु गर्ने उल्लेख गरेको छ ।
घोषणापत्रमा राप्रपाले “नेपाल बन्द” कहिल्यै नगर्ने र नेपाल बन्द सधैँका लागि बन्द गर्ने उल्लेख गरेको छ ।





