समाचार

    काठमाडौमा पाँच तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु 

    नवलपुर टुडे
    २०७९ कार्तिक १४ | बिहान ०८:०७ बजे

      काठमाडौं, कात्तिक १४ । काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौँ तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

      बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो । झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा काठमाडौस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

      बालिकाको उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले जानकारी दिए ।

        कमेन्टहरु