देश

    तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    नवलपुर टुडे
    २०७९ कार्तिक १४ | बिहान ०७:०७ बजे

      काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।

      सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ । सो पार्टीले सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

      नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

      नेकपा एसले पनि ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

      त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा बिहान ११:३० बजे घोषणापत्र सार्वजनिक गर्दैछ

      अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

      सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र लगभग सकिएको भन्दै केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।

        कमेन्टहरु