सिरहाको लहानस्थित राजदेवी मन्दिरको धर्मशालाको ढलान सम्पन्न

नवलपुर टुडे
२०७९ कार्तिक १३ | मध्यान्ह ०५:०७ बजे

लहान, १३ कार्तिक । सिरहाको लहान नगरपालिका- १५ मा स्थित रहेको राजदेवी पंचाबती मन्दिरको धर्मशालाको ढलान सम्पन्न भएको छ्।
सिरहाको पर्यटन क्षेत्रको रूपमा निकै चर्चित ठाँउ मानिने राजदेवी पंचाबती मन्दिर दिनहु पुजा अर्चना गर्ने श्रधालुजनहरुको भिड लागने गरेको छ्। मन्दिरमा प्रत्येक बर्ष ठुलो मेला लाग्ने गर्छन । राजदेवी मातालाई इच्छाएका कुरा मनमा रोपेका कुरा श्रधाले भाकल गरियो भने पुरा हुने धार्मिक बिश्वास रहेको छ्।
प्रत्येक शनिबारको दिन सिरहा सप्तरी धनुषा महोत्तरी लागतका जिल्लाबाट भक्तजनहरु पुजा अर्चना गर्न आउनेहरुको भिड लाग्ने गरिएको मन्दिर समितिका बिरेन्द्र चौधरीले बताए।





