देश

    राष्ट्रपति भण्डारीले गुह्येश्वरी पुगेर गरिन् छठी माताको दर्शन

    नवलपुर टुडे
    २०७९ कार्तिक १३ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौं, कात्तिक १३ । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेकी छन्। आइतबार अपराह्न गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गरेकी हुन्।

      त्यसलगतै उनी कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गरेकी छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथालीस्थीत बागमती किनारमा तयार पारिएको छठी माताको दर्शन गरेका छन्। 

        कमेन्टहरु