देश

    कांग्रेसको घोषणा: वृद्धभत्ता ६५ वर्षमै

    नवलपुर टुडे
    २०७९ कार्तिक १२ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ ।

      शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशस् ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ ।

      तर, कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष नागेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमशस् ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

      कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

        कमेन्टहरु