पश्चिम नवलपरासीमा छठ पर्वको रौनक


खुरसेद हजाम
नवलपरासी । पश्चिम नवलपरासी लगायत तराईको अधिकांश क्षेत्रमा छठ पर्वको रौनक देखिन्छ । पश्चिम नवलपरासीको सुनवल, प्रतापपुर, रामग्राम, सरावल, पलिनन्द र सुस्ता लगायतका ठाँउमा छ्ठ घाट सिंगार्ने काम सुरु भएको छ ।
कात्तिक शुक्ल पक्ष पर्ने छठ पर्व चार दिनसम्म मनाईने यो पर्वे तराई क्षेत्रमा छुट्टाछुट्टै रौनक देखिन्छ । छ्ठ पर्वको लागि जलासय तलाउ पोखरी सरसफाइ गरि शृगार्न सुरु भएको छ। पर्वको पहिलो दिन अथात शनिबारदेखि वर्तालुहरु बिहानै नुहाइ शुद्ध सहकारी खाना ग्रहण गर्द्छ्न । कात्तिक सुक्ल पञ्मि दोस्रो दिन आज खरना विधिमा वर माहिला ताथा पुरुष वर्तालुहरु दिन भरी उपवास बसि साझा दूध चामल केरा मिश्रति खिर लगायत माटो मुनि हुने तथा माटोमा हुने हरेक फलफूल तरकारी लगायत विभिन्न परिकार बनाई विशेष प्रकारको भाडोमा सजावट गरी छ्ठ देउतालाई निम्तो दिने गर्छन् ।
उपवासको तेस्रो दिन वर्तालु फलफूलबाट सजायको भाडो लिई छ्ठ घाट जलासय जान्छ । अस्ताउदा सुर्यलाई अर्घा दिने तथा अन्तिम दिन सुर्य उदाउँदा अर्घा दिएर छ्ठपर्व सम्पन्न हुन्छ ।
वर्तालुहरु पहिलो दिन अथात खरनाको दिनदेखि कठोर उपवास वस्ने गर्द्छ्न । छ्ठ पर्व हिन्दु लगायत मुस्लिमहरुले मनाउने गर्दछ्न ।






