गोरखा नगरपालिका- ५ का वडाध्यक्षको निधन

नवलपुर टुडे
२०७९ कार्तिक ११ | बिहान ०९:०७ बजे

गोरखा । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।
नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार बिहिबार रानाको निधन भएको हो । वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो ।
घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म खुलेको छैन । ‘उहाँ घरमा एक्लै हुनुहुँदो रहेछ, श्रीमती माइत हुनुहुन्थ्यो,’नगर प्रमुख रानाले भने, ‘वान्ता गरेर बेहोस अवस्थामा भेटिनुभयो, हृदयघात भयो कि भन्ने शंका छ ।’





