परासीमा पशुपालक कृषकहरु दोहोरो सास्ती खेप्दै


रामजी प्रजापति
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ८ मा लाग्ने पशु हात बजारमा दिनदिनै ब्यापारको अवस्था खस्किदै गएको छ । परासीमा प्रत्येक मंगलबार पशु हात बजार लाग्ने गर्दछ ।बजार खस्किनु तथा टुट्ने अवस्था आउनुले परासी क्षेत्रको पशुपालक कृषक मर्कामा परेको पशुपालक कृषक मोहन कार्कीले गुनासो गरे ।
बजार व्यवस्थापनका ठेकेदार हरिओम निर्माण सेवाका प्रबन्धक शम्भु प्रसाद उपाध्यायका अनुसार गत बर्षको अपेक्षामा यस बर्ष नगरपालिकाबाट महगोमा ठेक्का पत्ता लगाउनुमा पनि यो अबस्था आएको आरोप लगाए । भारतबाट आउने भैंसी, पाडोहरुलाई प्रहरीहरु बिना पैसाको नेपाल भित्र्याउन पाउदैन भनेर व्यापारीहरुलाई भनेपछि भारतबाट ल्याउने व्यापारीहरु महिनवारीको रुपमा पुलिस र सशस्त्रले पैसा खाने र बजार ब्यवस्थापनसंग पनि पैसा असुली गरेको पाईएको छ ।
नेपालका पशुपालन कृषकहरुले भारतबाट आउने भैंसी, पाडोलाई सजिलै तस्करहरु संग नेपाल प्रहरी र सशस्त्र प्रहरीले महिनावारी बुझेर नेपाल भित्र्याउनु यता बजार ब्यबस्थापन संग पनि पैसा असुली गर्नुमा पशुपालक कृषकहरु दोहोरो चपेतामा परेको पाईएको छ ।परासीको मंगलबार लाग्ने भैंसी बजारमा धेरै जसो पडरी र पिपरहवाबाट नेपाल भित्र्याउछन ।
भारतबाट नेपालको परासीमा पर्ने पडरी, हरपुर र पिपरहवाको बाटो लिएर आउदा उक्त ठाँउमा खटिने घुमुवा लगायतको संलग्नतामा महिनवारी बुझाएर नेपाल ल्याउने गरिएको पाईएको छ ।तर, नेपालमा जति पनि पशुपंक्षी ल्याईन्छ कुनै विधि प्रक्रिया नगरी ल्याउने गरेको तथ्य खुलेको एक व्यापारी स्वयम् बताएका छन । त्यसैगरी रामग्राम नगरपालिकाले गरेको बजार व्यवस्थापनमा धारा, पानी, बिजुली बत्ती, बजार लाग्ने ठाउँमा तारबार, कृषकहरुलाई पाउने सुविधा नपाएकोले पन बजार दिन प्रतिदिन घट्दै गएको गुनासो बजार प्रमुख दिपक क्षेत्रीले बताउनु भएको छ ।





